दिपक राज दिर्घायु
माघ २२ आईतबार,२०७९
बैतडी-मेलौलीमा जारि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिभिन्न खेलहरु सम्पन्न भएका छन। शुक्रबारबाट सुरु भएको प्रतियोगिताका बिभिन्न खेलहरु सम्पन्न भई भोली समापन हुने नगर खेलकुद बिकास समिति अध्यक्ष सागर भण्डारीले बताए।
छात्रा तर्फको १०० मिटरको रिलो दौडमा मणिलेक माबि प्रथम, जगदम्वा माबि दोस्रो र शितलपुर माबि तेस्रो भएको छ। यसैगरि छात्र तर्फको १०० मिटरको रिलो दौडमा मणिलेक माबि पहिलो, कमलपुर माबि दोस्रो र बिशालपुर माबि तेस्रो भएको छ।
यसैगरि छात्रा तर्फको ४०० मिटरको रिले दौडमा कमलपुर माबि पहिलो, शितलपुर माबि दोस्रो र भरतपुर माबि तेस्रो भएको छ। छात्र तर्फको ४०० मिटरको रिले दौडमा मणिलेक माबि पहिलो, शितलपुर माबि दोस्रो र बिशालपुर माबि तेस्रो भएको छ।
छात्रा तर्फको ८०० मिटरको दौडमा मणिलेक माबि पहिलो, शितलपुर माबि दोस्रो, दुर्गा माबि तेस्रो भएको छ। छात्र तर्फको ८०० मिटरको दौडमा बिशालपुर माबि पहिलो, केदारेश्वर माबि दोस्रो, भरतपुर माबि तेस्रो भएको छ।
१५०० मिटरको छात्रा तर्फको दौडमा शितलपुर माबि पहिलो, बिशालपुर माबि दोस्रो, मणिलेक माबि तेस्रो भएको छ। छात्र तर्फको १५०० मिटरको दौडमा शितलपुर माबि पहिलो, मणिलेक माबि दोस्रो र जगदम्वा माबि तेस्रो भएको छ। ३००० मिटरको छात्रा तर्फको दौडमा मणिलेक माबि पहिलो, भरतपुर माबि दोस्रो, केदारेश्वर माबि तेस्रो र जगदम्वा माबि चौथो भएको छ। छात्र तर्फको ३००० मिटरको दौडमा जगदम्वा माबि पहिलो, कमलपुर माबि दोस्रो, केदारेश्वर माबि तेस्रो र बिशालपुर माबि चौथो भएको छ।
यसैगरि सर्टफुड थ्रो छात्रा अन्तरगत कमलपुर माबि पहिलो, शितलपुर माबि दोस्रो र मणिलेक माबि तेस्रो भएको छ। छात्र तर्फको बिशालपुर माबि पहिलो, मणिलेक माबि दोस्रो र कमलपुर माबि तेस्रो भएको छ। ज्याभलिङ थ्रो अन्तरगत छात्रामा धर्मघर माबि पहिलो, शितलपुर माबि दोस्रो, कमलपुर माबि तेस्रो र मणिलेक माबि चौथो भएका छन। छात्र अन्तरगत मणिलेक माबि पहिलो, बिशालपुर माबि दोस्रो र शितलपुर माबि तेस्रो भएका छ।
त्रिपलजम्प अन्तरगंत छात्रामा मणिलेक माबि पहिलो, बिशालपुर माबि दोस्रो र शितलपुर माबि तेस्रो भएका छन। छात्रमा मणिलेक माबि पहिलो, प्रितिपुर माबि दोस्रो र शितलपुर माबि तेस्रो भएको छ।
लौङ्गजम्प अन्तरगंत छात्रामा मणिलेक माबि पहिलो, धर्मघर माबि दोस्रो र कमलपुर माबि तेस्रो भएको छ। छात्र तर्फको भरतपुर माबि पहिलो, कमलपुर माबि दोस्रो र शितलपुर माबि तेस्रो भएको छ। हाईजम्प अन्तरगंत छात्रामा मणिलेक माबि पहिलो, शितलपुर माबि दोस्रो र दुर्गा माबि तेस्रो भएकोे छ। छात्र अन्तरगत कमलपुर माबि पहिलो, भरतपुर माबि दोस्रो र धर्मघर माबि तेस्रो स्थान भएको छ।
छात्रा भलिबलमा जगदम्बा माविलाई हराएर शितलपुर मावि तृतिय भएको छ। धर्मघर मावि र मणिलेक मावि फाईनलमा प्रबेश गरेका छ । फाईनल खेल भोलि हुने जनाइएको छ। छात्र भलिबलमा विजयपुर माविलाई हराएर बिशालपुर मावि फाईनलमा प्रबेश गरेको छ। मणिलेक माबि र धर्मघर माबि बीच दोस्रो सेमिफाइनल र फाईनल खेल भोलि हुने भलिबल प्रशिक्षक हरि भण्डारीले बताए।