मेलौलीको राष्ट्रपति रनिङ शिल्ड मणिलेकले जित्यो

बैतडी – बैतडीको मैलौली नगरपालिकामा सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मणिलेक मावि काँडाले जितेको छ । मणिलेकले १८ स्वर्ण,२ रजत र ५ कास्यपदकसहित प्रथम भएको हो । प्रथम भएको मणिलेकले ५० हजार,शिल्ड,मेडल र प्रमाणपत्र पाएको मेलौली नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर भण्डारी सागरले जानकारी दिनुभयो ।

यस्तै शितलपुर मावि दोस्रो भएको छ । उसले ४ स्वर्ण,१० रजत र ६ कास्यपदक हात पार्यो । शितलपुरले ३० हजार शिल्ड,मेडल र प्रमाणपत्र पायो । यसका साथै कमलपुर माविले तेस्रो स्थान प्राप्त गरेको छ । कमलपुरले ३ स्वर्ण,५ रजत र ४ कास्य जित्यो । कमलपुरले २० हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विजेता विद्यालयलाई मेलौली नगरपालिकाका प्रमुख भिमबहादुर चन्द, उपप्रमुख पार्वती विष्ट बोहरा, जिल्ला खेलकुद विकास समितिका प्रमुख चमन भण्डारी, नगरपाालिकाका प्रमुख प्रशासकीय अभिकृत जगदीश जोशी, पूर्व नगरप्रमुख कृष्णसिंह नायक, नगर खेलकुद समितिका अध्यक्ष शंकर भण्डारी सागर लगायतले पुरस्कार वितरण गरे ।

माघ २० गतेदेखि शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा नगरभित्रका १२ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई आगामी फागुनमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट गरिने जनाइएको छ ।
विनोद सिंह विष्ट–––

Leave A Reply

Your email address will not be published.