प्रेम दिवस बिशेष  :सुरत नेगीका दुई मुक्तक

के दिउँ म तिमिलाई प्रणय दिवसको उपहार
अब हाम्रो झगडा कहिल्यै नहोस वार-वार ।।
म आगो भएको बेला तिमिले पानी बन्नु पर्छ प्रिया
तर के गर्नु आगो पानी सङ्ग संगै बस्दैन यार ।।

फाटेको सम्बन्ध जोडने सियो बन्नु पर्छ तिमिले
रोदनको अँध्यारो चिर्ने दियो बन्नु पर्छ तिमिले ।।
चोट सहन सक्ने ढुङगा मात्रै मुर्ति बन्न सक्छ प्रिया
त्यसैले मेरो प्रणयको चियो बन्नु पर्छ तिमिले ।।

Leave A Reply

Your email address will not be published.