बैतडी-पञ्चेश्वर गाउपालिकामा आजबाट स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको वडा नं ३ स्थित कुलाउँ माध्यमिक विद्यालयको खेल मैदानमा मंगलबारबाट प्रतियोगिता सञ्चालन भएको सहकर्मि मंगेश दयालले बताए।
गाउपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षता, मेलौली नगरपालीका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्य, गाउपालिका उपाध्यक्ष बिना भट्ट, मेलौली नगर खेलकुद बिकास समितिका अध्यक्ष सागर भण्डारी, खेल प्रशिक्षक हरि भणडरी, गाउपालिका अन्तरगत सबै वडाका वडा अध्यक्षको बिशिष्ट आतिथ्यमा र प्रतियोगितामा सहभागि सबै बिद्यालयका प्रधानाध्यापकहरुको अतिथ्यमा प्रतियोगिताको उद्घाटन भई सञ्चालन भएको दयालले बताए।
प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुने जनाईएको छ। प्रतियोगितामा पालिका भरिका ९ बिद्यालयहरुको सहभागिता रहेको जनाईएको छ।
सहभागि बिद्यालयले आफ्ना खेलाडिहरुलाई उच्च अनुशासनमा राख्नु पर्ने, खेलाडिहरुले खेलको नियम उल्लङ्न गरेमा वा कुनै बिबाद उत्पन्न भएमा प्रतियोगिता सञ्चालनको लागि तोकिएका प्राबिधिकहरुको निणर्य नै निणार्यक हुने पनि जानकारी गराईएको छ।