महाशिवरात्री विषेश जगदिश जोशीको मेरो पृयतम :कविता

मेरो पृयतम भोलेनाथ
मेरो श्वास भोलेनाथ
मेरो देह भोलेनाथ
मेरो हृदय भोलेनाथ
मेरो म भोलेनाथ
तिम्रो ब्रह्माण्डका दिव्य तत्वहरू
तिम्रै चाहनाबाट
तिम्रै प्रेमले
तिम्रै कृपाले
आपसमा अन्तरघुलनद्वारा
मेरो देह सिर्जित भएको थियो
तिम्रो आनन्दको लागि
तिम्रो शासनको लागि
तिम्रो प्रेमको लागि
तिम्रो विविधरुपी स्वरुपको लागि
मेरो म लाई तिमीसँग जोड्नको लागि
मेरो कर्म बनेको थियो
तिम्रै चाहनाले
तिम्रै शरणमा
तिम्रै आगनमा
तिमीमै स्रोत रहेको
तिम्रो म द्वारा प्रवाह गर्न
मेरो प्रेम बनेको थियो
मेरो पृयतम
मेरो भोलेनाथ
तिमीले सिर्जना गरेको मेरो देह
तिमीले भरिएको मेरो हृदय
तिम्रो आगनमा
तिमिलाई खोज्दा
तिम्रै चाहनाले
टुटेको छ
फुटेको छ
चर्किएको छ
हे प्राणनाथ
हजार युगको
हजार यूगसम्मको
मेरो म लाई तिमीसँग जोड्ने
मेरो भक्ति
मेरो प्रेम
मेरो समर्पण
स्वीकार गर
मलाई मुक्त गर

Leave A Reply

Your email address will not be published.