मेलौलीमा महिलाहरुका लागी ७ दिने नेतृत्व तथा सिप विकास तालिम सम्पन्न

बैतडी-मेलौलीमा महिलाहरुका लागी ७ दिने नेतृत्व तथा सिप विकास तालिम सम्पन्न भएको छ। बुधबार एक कार्यक्रमका बिच मेलौली नगरपालीका–०७ मा महिलाहरुका लागी ७ दिने नेतृत्व तथा सिप विकास तालिम सम्पन्न भएको हो।

सुदूरपश्चिम प्रदेस सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय तथा सामाजिक बिकास कार्यालय बैतडीको संयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो।

तालिममा पालिका भरिका २० जना महिलाहरु सहभागि भएका थिए। तालिममा आर्थिक स्थिति कमजोर भएका तथा एकल महिलाहरुलाइ सहभागी गराइएको लिछोडा फलफुल तथा कृषक समुहका अध्यक्ष चिन्तामणी भट्टले बताए।

तालिममा स्वस्थ पोषण तरकारी खेतिको महत्व, तरकारीकमा गहुतको प्रयोग, मौसमी र बेमौसमी तरकारी खेति प्रबिधि लगायतका बिषयमा छलफल भएको थियो। तालिममा सहभागि महिलाहरुलाई आाफ्नो आर्थिक स्थिती सुधार र आय आर्जनका लागि सामाजिक बिकास कार्यालय बैतडीले अनुदान स्वरुप २० हजार रुपैया आर्थिक सहयोग उप्लब्ध गराइएने समेत जनाईएको छ।

कार्यक्रमलाई सामाजिक बिकास कार्यालयका सामाजिक अभियान्ता हर्ष बहादुर चन्द, तरकारी कृषक समुहका अध्यक्ष एब् प्रशिक्षक चिन्तामण भट्ट र कृर्षि जेटिए बासुदेब भट्टले सहजिकरण गरेका हुन।

Leave A Reply

Your email address will not be published.