बैतडी-शिबनाथ गाउँपालिका–०६ मा एकदिने निःशुल्क आखा शिबिर सम्पन्न भएको छ। आज शिबनाथ स्वास्थ्य चौकि हिरापुरमा सञ्चालन भएको शिबिरमा १०८ जनाले सेवा लिएको वडा अध्यक्ष भरत राम पार्किले बताए।
वडाको कार्यालयको आयोजना तथा आँखा उपचार केन्द्र पाटनको प्राविधिक सहयोगमा आँखा सम्बन्धि एकदिने चेकजाँच शिबिर सम्पन्न भएको हो। सेवा लिएका १०८ जाना मध्ये १० जानाको आखाँको अप्रेशन गर्नुपर्ने देखिएको र बाकिलाई औषधि बितरण गरिएको वडा अध्यक्ष पार्किले बताए।
आखाँको अप्रेशन गर्नुपर्ने देखिएका १० जनालाई वडा कार्यालयले डडेल्धुरा लगि निःशुल्क रुपमा उपचार गर्ने जनाईएको छ। शिबिरबाट शिबनाथ लगायत पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालीकाका नागरिकहरुले पनि सेवा लिएको जनाइएको छ।
आखाँ सम्बन्धि समस्या भएका नागरिकहरुले स्थानिय स्तरमै सेवा पाउन् भन्ने उदेश्यले शिबिर सञ्चालन गरिएको वडा अध्यक्ष पार्किले बताए। शिबिर सञ्चालन गरेकोमा नागरिकहरुले वडा सरकारलाई धन्यबाद ज्ञापन गरेको थिए।