बैतडी-मेलौली नगरपालीकाका भरिका सम्पूर्ण वडाहरुमा मातृशिशु तथा बाल्यकालीन पोषण सम्बन्धि पुनर्ताजगी समिक्षा बैठक सम्पन्न भएको छ। सामाजिक बिकास सचेतना समाज स्वदेश बैतडीद्धारा सञ्चालीत सुआहाराको आयोजनामा प्रत्येक वडाहरुका स्वास्थ्य केन्द्रमा समिक्षा बैठक सम्पन्न भएको हो।
केहि महिना अगाढि पनि सञ्चालन गरिएको यहि तालिमले समाजमा के कति प्रगति भयो, तालिममा सिकाईएका कुराहरु कत्तिसम्म कार्यान्वयन हुन सके र बच्चाहरुको अवस्था केछ भनि पुःन समिक्षा तालिम गरिएको पालिका पोषण सहजकर्ता जन्तरा भट्टले जानकारी दिनभयो।
समिक्षा बैठकमा महिला सामुदायिक स्वास्थ्य स्वयंम सेबीकाहरुलाई मातृशिशु तथा बाल्यकालीन पोषण सम्बन्धिका बारेमा अझ शशक्त तरिकाले जानकारी गराईएको पालिका पोषण सहजकर्ता भट्टले जानकारी दिए।
यसैगरि पुनर्ताजगी समिक्षा बैठकमा, बाल पोषण भत्ताा, कुपोषणबाट बच्ने उपाय, ब्यक्तिगत सरसफाई, शिशुको बृद्धि बिकासमा आमाको दुधको महत्व, बच्चाको पाखुराको जाच लगायत मौसम अनुसार शिशुको सुरक्षा कसरि गर्ने बिषयमा पनि जानकारी गराईएको थियो।
गर्भवति र सुत्केरि अवस्थामा अपनाउनुपर्ने ब्यबहार, स्तनपान सम्बन्धि ज्ञान, बच्चाको थप खानमा बिविधिकरण, परिवार योजना, पानि शुद्धिकरण, सरसफाई, बिरामि बच्चाको स्याहार, समाजिक सुरक्षा कार्यक्रम बारे अभिमुखिकरण, बालबालीका नगद अनुदान र सुत्केरि पोषण खर्च बितरण सम्बन्धि जानकारी समिक्षा बैठक मार्फत गरिएको थियो।
तालिममा आफुले सिकेका कुरा समाजमा लागु गरेको सहभागिहरुले बताएका थिए। पछिल्लो समयमा बच्चालाई कसरि कुपोषणबाट बचाउने र पाखुराको नाच कसरि गर्ने भन्ने नागरिकहरुमा चासो बढेको बताएका थिए।
तालिमबाट सिकेका कुराहरुलाई अझ समाजमा कार्यान्वयन गर्ने सहभागिहरुको भनाई रहेको थियो।