ठेकेदारको लापरबाहीले पञ्चेश्वरमा बिद्युत बिस्तार हुन सकेन्, उपाध्यक्ष भट्ट

बैतडी-पञ्चेश्वर गाउँपालिकामा ठेकेदारको लापरबाहीले गर्दा बिद्युत बिस्तार हुन सकेको छैन। रेडियो मेलौलीको बहस मुलक कार्यक्रम समय सन्द्रर्भमा बोल्दै गाउँपालिका उपाध्यक्ष बिना भट्टले ठेकेदारको लावरबाहीले गर्दा पञ्चेश्वर गाउँपालिकामा बिद्युत बिस्तारमा ढिलाई भएको बताउनुभयो।

पालिकाले पटक पटक सम्पर्क गर्दापनि ठेकेदार सम्पर्कमा नआएपछि बिद्युत बिस्तारको काम अस्तब्यस्त भएको उनले बताउनुभयो। बिद्युत बिस्तार हुनुपर्छ भनेर पालिकाले आफ्नो तर्फबाट स्थानियहरुलाई करिब दुई महिना काम गराएको भएपनि ठेकेदार सम्पर्क नआएपछि बिद्युत बिस्तारको काम अलपत्र परेको उपाध्यक्ष भट्टल भनाई रहेको छ।

ठेकेदार सम्पर्क बिहिन भएको र बिद्युत बिस्तारको काम अलपत्र परेको जानकारी बिद्युत प्राधिकरणलाई गराएको पनि बताउनुभयो। तर बिद्युत प्राधिकरणले त्यो ठेक्का खारेज भईसकेको र अर्खो ठेक्का आह्वान गर्नुपर्ने बताएको गाउँपालिका उपाध्यक्ष भट्टले बताए।

अब पञ्चेश्वरमा बिद्युत बिस्तार गर्नको लागि अन्योल भएको समेत बताए। पालिकाले पुरानो रकम १२–१५ लाख तिर्नु पर्ने देखिएकाले अहिलेको लागि बिद्युत बिस्तारको काम अन्यौलमै रहेको जानकारी दिए। बिद्युत बिस्तारको ठेक्का पालिका मातहतको नभएकाले पनि बिद्युत प्राधिकरणबाट अब के गर्ने भनेर निक्र्यौल नुहञ्जेल सम्म बिद्युत बिस्तामा केहि गर्न नसक्ने अवस्था भएको पनि उनले बताए।

अबको प्रकृयामा बिद्यतु प्राधिकरणले केहि गर्न नसक्ने अथवा जिम्मेवारि लिए र ठेकेदारले पुरानो भुक्तानि फिर्ता नगरेसम्म बिद्युत बिस्तार गर्न गाह्रो हुने बताए। अहिले पालिकाले ठेकेदारको खोजि कार्य गरिरहेको र त्यसपछि बिद्युत बिस्तारको कार्य अघि बढ्ने उनले बताए।

यसैगरि पञ्चेश्वर गाउँपालिका भित्र अधिकासं रुपमा सडक सञ्जाल जोडिएको र केहि सडक मर्मत गनुपर्ने देखिएकाले यस बर्ष सानोतिनो बजेट छुट्याएको जानकारी दिए। गाउँपालिकाको एकदुई ठाउमा सडक सञ्जाल बिस्तार गर्नुपर्ने भएकाले प्रदेश सरकार र संघिय सरकार सगं प्रपोजल आह्वान गरेको बताए।

यो आर्थिक बर्षमा पञ्चेश्वर गाउँपालिकाको न्यायिक समितिमा पाचओटा मुद्धा दर्ता भएको पनि बताउनुभयो। मुद्धा परेका दुईटै पक्षलाई बोलाई समस्याको समाधान गरिएको पनि जनाए।

पञ्चेश्वर गाउँपालिकाले समाजिक सुरक्षा भत्ता बितरणको लागि अति अशक्त, अशक्त, आपङ्ग र जेष्ठ नागरिकहरुको सहजताका लागि बैकंसगं सल्लाह गरेको बताएको छ। बाकि नागरिकहरुले सम्बन्धि बैंकमा गएको सामाजिक सुरक्ष भत्ता बुझ्नु पर्ने जनाएको छ।

Leave A Reply

Your email address will not be published.