काठमाण्डौ-सरकारले आउने तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना ९२०८०र८१ र २०८२र८३० तयार पारेको छ ।
राष्ट्रिय योजना आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आउने आर्थिक वर्ष २०८०र८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ स्वीकृत गर्दै विभिन्न आर्थिक सूचकको तीनवर्षे अनुमान सार्वजनिक गरेको हो ।
आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आउने आर्थिक वर्ष २०८०र८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०८१र८२ मा सात दशमलव चार प्रतिशत र आर्थिक वर्ष २०८२र८३ मा आठ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान छ। तर, चालु आव २०७९र८० का लागि सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य भने हासिल नहुने पनि आयोगले जनाएको छ।
चालु आर्थिक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकामा चार दशमलव पाँच प्रतिशत बराबर मात्रै रहने देखिएको हो। आउने वर्षहरुमा नेपालको भुक्तानी सन्तुलनमा घाटा बढ्दै जाने देखिएको छ। भुक्तानी सन्तुलन आउने आर्थिक वर्ष १० अर्ब रुपैयाँ र त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः २० अर्ब र २५ अर्ब रुपैयाँसम्म घाटामा रहने आयोगको अनुमान छ।