प्रहरीको भ्यानबाट हाम फालेर एक थुनुवा फरार

धनुषा – धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै थप एक थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका छन् । जबरजस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका–१३ किरतपुरका राजाबाबु मुखिया आइतवार बेलुकी ७ बजे फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

नकपुरमा रहेको जिल्ला अदातलमा उपस्थित गराई इलाका प्रहरी कार्यालय सबैला ल्याउने क्रममा सहिदनगर नगरपालिका–३ को यदुकुहाबाट हिँडिरहेको भ्यानबाट हाम फालेर मुखिया फरार भएका गौतमले बताउनुभयो । फरार मुखियाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.