बाजुरा – बाजुरामा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ। बुढिगंगा नगरपालिका २ बजेडी बस्ने १७ वर्षीया लक्ष्मी लुवारको सुत्केरी भइसकेपछि रक्तश्रावका कारण मृत्यु भएको हो।
एक छोरी घरमै जन्माएकी लुवारलाई अफ्ठयारो भएपछि आफन्तले बिहिबार दिउँसो आफन्तले बह्रमतोला स्वास्थ्य चौकी पुर्याएका थिए।
त्यहाँ एउटा छोरीको जन्म दिइन्, उनलाईअत्याधिक रक्तस्राव भएपछि स्वास्थ्य केन्द्रले बयलपाटा रिफर गरेको थिए । अत्याधिक रक्तस्रावका कारणले लक्ष्मीको बाटोमै मृत्यु भएको हो । एउटा छोरीको मृत्यु भइसकेको छ भने एउटा जिवितै रहेको बयलपाटा अस्पताल अछामले जनाएको छ ।