अजयमेरुको वडा नम्बर ६ मा महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविर हुँदै

डडेल्धुरा- जिल्लाको अजयमेरु गाउँपालिकाको वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । स्वास्थ्य कार्यालयको आयोजना र वडा कार्यालयको समन्वयमा चैत ४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र राजुलमा निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।वडा अध्यक्ष हरिसिंह भण्डारीका अनुसार महिलाहरुका लागि प्रजनन स्वास्थ्य सम्बन्धी शिविर हुन लागेको हो । शिविरमा विशेषज्ञ चिकित्सकबाट बिरामीको चेकजाँचसंगै निशुल्क औषधि वितरण गरिने वडा अध्यक्ष भण्डारीले बताए ।

यस्तै ३० देखि ६० वर्षसम्मका महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, गर्भवतीको चेकजाँचका लागि भिडियो एक्सरे सेवा, पाठेघर खसेका महिलाहरुका लागि स्क्रिनिङ तथा रिंग पेसरी राख्ने, परिवार नियोजनका लागि लामो समयका अस्थायी साधन इन्प्लान्ट तथा आइयुसिडी सेवा, यौन रोगको जाँच तथा उपचार र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा पनि शिविरमा प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.