काठमाडौं -राष्ट्रिय जनगणना ०७८ को नतिजा आज सार्वजनिक गरिएको छ ।शुक्रबार काठमाडौँस्थित सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार २०७९ मंसिरमा देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो ।
जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ ९४८।९८ प्रतिशत० र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ ९५१।०२ प्रतिशत० छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५।५९ जना रहेको छ ।गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४।१६ थियो ।प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।