बैतडीको सिमानाका झुलाघाट भएर आएका दुई जनामा कोरोना पुष्टि भएको छ । झुलाघाटमा रहेको हेल्थ डेस्कमा १३३ जनाको एन्टिजेन प्रविधीबाट गरीएको परीक्षणमा दुई पुरुषमा कोरोना पुष्टि भएको हो । मंगलबार बैतडीको मेलौली नगरपालिका-७ ओझागाउँका २३ बर्षिय पुरुष र बझाङको बुगंल नगरपालिका-९ का ४० बर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए ।
उनीहरुलाई सुरक्षीत रुपमा होमआइसोलेसनमा बस्न सुझाएको उनले बताए । केएन 95 मास्क सहित दुवैजनालाई सुरक्षाका मापदण्ड अपनाएर घर पठाइएको बताइएको छ ।
पछिल्लो समय झुलाघाट नाका भएर आउने नागरीकहरुको स्वास्थ्य परीक्षणमा कडाई गरीएको छ ।
रोजगारीका लागि भारतका विभिन्न स्थानमा रहेका यहाँका नागरीकरु नयाँ बर्षका लागि घर फर्किने भएकाले उनीहरुको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरेर मात्रै पठाउन गरीएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।