बैतडी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमल बहादुर शाह मेलौली आउदा खानेपानिको समस्याको माग राख्ने मेलौली नगरपालीका नगर–प्रमुख भिम बहादुर चन्दले बताएका छन। रेडियो मेलौलीको बहस मुलक कार्यक्रम “मेलौली बहस”मा बोल्दै उनले यस्तो बताएका हुन।
मेलौलीमा यहि बैसाख ८ गतेबाट सञ्चालन हुन गईरहेको निःशुल्क आँखा शिविरको उद्घाटन गर्न मुख्यमन्त्रि शाहा आउने भएकाले खानेपानिको समस्या राख्ने बताएका हुन। बैतडी समाज धनगढी कैलाली, मेलौली नगरपालिका, नेत्रालय प्राली धनगढी र च्याटरी हेल्थ फाउन्डेशनको संयुक्त आयोजना सञ्चालन हुने निशुल्क स्वास्थ्य शिबिरको उद्घाटन मुख्यामन्त्रि शाहाले गर्ने कार्यक्रम रहेको नगर प्रमुख चन्दले बताए।
मेलौलीको मुख्य समस्या खानेपानिको भएकाले मुख्यमन्त्रि शाहासगं खानेपानि आपुर्तिको लागि माग गर्ने बताएका हुन। आफ्नो कार्यकालको अवधिमा मेलौली नगरभित्र करिब ८० प्रतिशत नागरिकको पहुचमा पिउने पानि पु¥याउने उनले प्रतिबद्धता गरेका छन। खानेपानिको जटिल समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकारसगं माग गरिरहेको बताएका हुन।
यसैगरि मेलौली नगरपालीकामा दुई बर्ष भित्र बिद्युत बिस्तार गरिसक्ने दाबि गरेका छन। पालिका भित्रका ९ ओटै वडाका सर्भे गर्ने काम भईसकेकाले दुई बर्षभित्रमा बिद्युत बिस्तार हुने बताएका हुन। मेलौली नगरपालीकामा शिक्षा क्षेत्रको अवस्था पनि खस्किदो अवस्थामा रहेकाले पालिकाबाट हुने हरेक कदम चालि शिक्षाको स्तर माथि उकास्ने उनले बताएका हुन।
नगर प्रमुख चन्दले मेलौली नगरपालीकाका अधिकासं वडाहरुले भाडाको भवनबाट सेवा दिईरहेकाले डेढ दुई बर्ष भित्रमा सबै वडाका आफ्नै भवनहरु र नगरपालीकाको भवन बन्ने समेत बताएका छन। आफ्नो कार्यकालमा जनताको जन चाहाना अनुुसार काम गरेर अगाढी बढ्ने उनले बताएका छन।