बैतडी-मेलौलीमा सञ्चालन भईरहेको बृहत निःशुल्क स्वास्थ्य शिबिरमा ५१ जनाद्धारा गरिएको छ। बैतडी समाज धनगढी कैलाली र मेलौली नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भईरहेको निःशुल्क स्वास्थ्य शिबिरमा शनिबार ५१ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक राज बहादुर चन्दले बताए।
शनिबार बिहान ९ बजेदेखि मणिलेक माबिको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। रक्तदान कार्यक्रममा मेलौली नगरपालीका नगर–प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, पत्रकार लगायत आम नागरिकले रक्तदान गरेका थिए।
रक्तदान गरेका ब्यक्तिहरुलाई आयोजक पक्षबाट जुस र प्रमाणपत्र प्रदान गरिएको थियो। रक्तदान गर्ने सबैमा रक्तदान कार्यक्रम संयोजक चन्दले धन्यबाद ज्ञापन गरेका छन।