बैतडी-डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्थानिय उद्यम प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गरि प्राथमिकताका साथ अगाढी बढाएको छ। अल्लो, केरा, मोथो, चिउरी, सालका पात जस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा भागेश्वर गाउँपालिकाले प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेका हो।
केरा, मोथोबाट चटाई, मौरी पालन, दुना टपरी, कटाई सिलाई, वाख्रापालन र अल्लोको कपडा वुनाई लगायतका सामग्री बनाउने उद्यम प्रवर्द्धन गर्न थालेको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतिले बताए।

यसैगरि भागेश्वर गाउँपालिकामा दुनालेक-१ अल्लो कपडा वनाउने उद्यमशील कार्यक्रम सञ्चालनमा आएको छ। घरमै परम्परागत रूपमा गरिँदै आएको चटाई सिलाई कटाई, युवा सरोजगार गर्न प्रत्येक वडाबाट २ जना गरी १० जनाहरुलाई सवारी चालक बनाउने र १८ जना विद्यार्थिहरुलाई लोक सेवा प्रवेशका लागि तयारी कक्षहरु सञ्चालन भइरहेको जनाइृएको छ।
पालिकामा सञ्चालन भईरहेका यि कार्यक्रमबाट गुणस्तरीय र दिगो उद्यमका लागि योजना अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले जानकारी दिए। ‘गाउँघरमा पुख्र्योली पेसामा रहेको कामलाई जगेर्ना गर्दै सामूहिक रूपमा उद्यममा जोड्न कार्यक्रम ल्याइएको हो’, उनले भने। गाउँघरमा भएको स्थानीय सामग्रीबाट उत्पादन भई व्यवसाय तथा रोजगारी सिर्जना गर्ने उनको विश्वास छ।
बाँझो जमिनलाई उचित सदुपयोग गर्दै केरा सालको पात, चिउरी र अल्लोबाट ब्यबसायिक कपडा बनाउने कार्य गर्न प्रोत्साहित गर्नुका साथै भू-क्षय हुनबाट रोक्न पनि योजना अति प्रभावकारी हुने कार्यक्रमको रूपमा लिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय युवालाई आफ्नो गाउँ ठाउँमै सीप युक्त र आत्मनिर्भर बनाउने युवा व्यवसायी तथा अल्लो कपडा उद्यमीहरु तयार गरी व्यवसायीक हुने बताईएको छ।

हाल भागेश्वर गाउपालिका–०१ मा चटाई सीप तालिम महिला २१ र पुरुष २ जना गरी २३ जना, वाड न. ३ मौरी पालन तालिम महिला ८ जना दुना टपरी तालिम महिला १५ जनाले उद्यमी समुह गठन गरी व्यवसायिक दुना टपरी उत्पादन समेत शुरु गरेको गाउपालिकाले जनाएको छ।
Comments are closed.