डडेल्धुरा-भागेश्वर गाउँपालिकाले बृहत योग शिविर सञ्चालन गरेको छ। गाउँपालिका अध्यक्ष अध्यक्ष हेम राज चटौतको विशेष सक्रियतामा बगरकोटमा सप्ताहव्यापी योग शिविर शुरु भएको हो।
गाउँपालिका भित्रका नागरिकहरुलाई स्वस्थ्य बनाउन उद्देश्यले योग शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताउनुभयो। ‘योग र आयुर्वेद अपनाऔः स्वास्थ्य र सुखी जीवन विताऔ “ भन्ने नाराका साथ सुरु भएको योग शिविरको आयोजना गरिएको हो।
शिविरको जेष्ठ नागरिक बगरकोटका पदम सिह भण्डारीले उद्घघाटन गर्नुभएको थियो। गाउँपालिका अध्यक्ष हेम राज चटौतले व्यायमलाई अभिन्न अंग बनाउने, हरेक विद्यालयका बालबालिकाहरुलाई दिनमा आधा घण्टा योगमा सरिक गराउने अभियान सञ्चालन गर्न आफूहरु लागेको बताउनुभयो। योगको महत्व दर्शाउँदै उनले योगलाई अभियानको रुपमा गाउं पालिका भित्रका क्रमश विद्यालयहरुमा योग पुर्याउने चटौतको भनाई छ।
शिविरमा बोल्दै गाउँका नागरिकहरुको जीवन स्वस्थ्य रहोस् भन्ने उद्देश्यले भागेश्वर गाउँपालिकाले सुरुवात गरेको बृहत योग शिविर अति उत्तम हुने प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताउनुभयो। दिमागलाई पनि स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग रहेको भारतीको भनाई छ।
शिविरमा सहभागी हुन गाउँपालिकाबासी सम्पूर्णलाई आग्रह गरिएको छ। बैशाख १० गते शुरु भएको शिविर १६ गतेसम्म हरेक दिन बिहान ५.३० वजेबाट सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
शिविरमा प्रशिक्षक गोविन्द खडायत खेम राज पनेरु, शेर वहादुर ठकुराठी, श्याम राज बोहरा, र रुपाल लामीकाण्डे आर्युवेद औषद्यालयका वैद्य अनिल कुमार सिह योग शिविरमा ख्यातीप्राप्त योग प्रशिक्षकहरुले योगा गराइरहेका छन्।
हाल दैनिक सयौ नागरिकक शिविरमा सहभागी हुने गरेका गाउँपालिकाले जनाएको छ।