सिम्रिक एअर दुर्घटना :पाइलट सुरेन्द्र पौडेल र यात्रु भविन गुरुङको हेलिकप्टरबाटै उद्धार

काठमाण्डौ – सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ को हम्बरेडाँडामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना भएको छ ।

आज दिउँसो भएको दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते हुनुभएको छ । दुवै जनालाई सोलुखुम्बुबाट गएको सिम्रिक एअरकै हेलिकप्टरले उद्धार गरेर थप उपचारका लागि काठमाण्डौ लगेको भोटखोला–४ का वडाध्यक्ष विकास तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनमा परेको हो । हेलिकप्टरमा आगो लागेको छैन । वडाध्यक्ष तामाङले हेलिकप्टरमा रहेका अरू दुई जना हाम फालेर सुरक्षित रहेको बताए पनि यसको पुष्टि भएको छैन ।

Leave A Reply

Your email address will not be published.