बैतडी-मेलौली नगरपालिका–०५ खलिगाडमा धुनि मेला सम्पन्न भएको छ। बैसाख अष्टमी बाट सुरु भई पूर्णीमाका दिन सम्पन्न भएको नारसिहं देबताका धामि दशरथ जोशिले बताए। बर्षको दुईचोटि कार्तिक पूर्णिमाको सप्तमी र बैसाखको अष्ठमीका लाग्ने धुनि मेला आज सम्पन्न भएको जनाईएको छ।

भगवतीको पुजाआजा हुने धुनि मेलामा तल्लो स्वराड क्षेत्र लगायत डडेल्धुरा, कञ्चनुपर, कैलालि र भारतको पिथौरागढबाट भक्तजनहरु दर्शन गर्नको लागि आउने गर्छन। सयौको सख्यामा गोलो घेरा लगाई आगोको ठुलो धुनि बालेर देबताका धामि काप्ने गरेको नारसिहं देबताका धामि जोशिले बताए।
पहिला पहिला बलेको आगोको धुनिमा चढेर देबताका धामिहरु काप्ने भएपनि हाल केहि बर्ष यता त्यो कार्य बन्द गरिएको स्थानिय संस्कृतिका जानकार एब् नारसिहं देबताका धामि जोशिले बताए। हाल तातेको पुन्यु (पण्यो) चाटने र बलेको आगोमा धामिलाई चढन नदिने उनले बताए।

सन १९७२ बाट मनाउन सुरु गरिएको धुनि हालसम्म पनि मनाउने गरिएको जनाईएको छ। किबदन्ती अनुसार १९७२ सालमो यो क्षेत्रमा सितला नामक रोग आएको र त्यहि रोग निमुर्ल गर्नका लागि धुनि बालेर पुजापाठ गर्दा रोग निको भएको स्थानिय संस्कृतिका जानकार बताउछन।
आगोको धुनिबाट निस्केको बभुतहःलाई सबैले घरमा लग्ने गर्छन। कुनै रोग र भुत प्रेतबाट सुरक्षित रहनको लागि बभुतहःको टिका लगाउदा निको हुन जनबिश्वास रहेको समेत जोशिले बताए।
धुनि मेलामा जादा मनले चिताएको पुरा हुने बिश्वास गरिन्छ। यसका साथै धुनिमा जादा दुख, कष्ट, पिर, मार्का दुर हुने र मानसिक तथा शारिरिक रोगबाट पनि बच्न सकिने बिश्वास रहि
आएको स्थानिय तथा मेलौली नगरपालीका–०५ का नि–बर्तमान वडा अध्यक्ष बलभद्र दयालले बताए। धुनि मेलामा स्थानिय स्तरमा उत्पादन भएका समानहरुको ब्यापार पनि गरिन्छ।