बैतडी-पाटनमा मेयर तथा उप–मेयरकप क्रिकेट प्रतियोगिता हुने भएको छ। नगरपालिकाभित्र रहेका क्लब तथा समुहले जेठ ३ गतेभित्र टिमदर्ता गरीसक्नु पर्ने छ।
पाटन क्रिकेट क्लबको आयोजना हुने प्रतियोगिता ४ गतेदेखि सुरु गर्ने तयारी छ। यद्यपी प्रतियोगिताको र्पूर्ण मिति टुंगो लाग्न बाँकी छ। ३ गतेभित्र सम्बन्धीत वडाको सिफारिसमा क्लब दर्ता गरीसक्नु पर्ने छ।
प्रतियोगिताका खेलहरु टी–२० फम्र्याटमा खेलाइने आयोजकले जनाएको छ। नगरपालिकाको आर्थिक सहयोग र पाटन क्रिकेट क्लबको प्राबिधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन गइरहेको प्रतियोगिताको पुरस्कार राशीको टुंगो लाग्न बाकी छ। टिम दर्ता सुल्क लोग्ने छैन। प्रतियोगितामा सहभागिता जनाउने टिम तथा क्लबले सम्बन्धीत वडाको सिफारिस भने आवस्यक पर्नेछ।
‘आजै साँझ आवस्यक बैठक बसेर पुरस्कार राशीको टुंगो लगाउदैछौँ, टिमदर्ता जेठ ३ गतेसम्म गरीसक्नु पर्नेछ, प्रतियोगितको पूर्ण मिति पनि सम्भवतः शुक्रबार टुंगो लगाउदैछौँ,’ पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले भने। पाटन ६ स्थित कृष्ण माविको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएकाले विद्यालयसँग छलफल गरी प्रतियोगिताको मिति टुंगो लाग्ने चन्दले बताए।
पाटन नगरपालिकाले चैत्र २८ गते नै सूचना प्रकाशित गर्दै आयोजना गर्न इच्छुक क्लबलाई आबेदन दिन भनेको थियो। त्यसपछि आवस्यक समन्वय गरी पाटन क्रिकेट क्लबले आयोजना गर्ने सहमती भएको थियो।
नगरपालिकाले ढिलोगरी प्रतियोगिता गर्न थालिएको आयोजकले जनाएको छ।