बैतडी-अभिभावकको चाहाना अनुसार नै मेलौली नगरपालिका-०९ का सामुदायिक बिद्यालहरुमा अंग्रेजि माध्यममा पठनपाठन हुने भएको छ। रेडियो मेलौलीको बहस मुलक कार्यक्रम “मेलौली संबाद”मा बोल्दै वडा अध्यक्ष लोकराज भट्टले यस्तो बताएका हुन।
सामुदायिक बिद्यालयहरुमा अंग्रेजि माध्यमबाट खासै पठनपाठन नहुने हुदा बिद्यालय खालि र बन्द हुने अवस्थामा आएपछि अंग्रेजि माध्यममा पठनपाठन गर्ने गरेको वडा अध्यक्ष भट्टले बताए। अलिकति आर्थिक अवस्था ठिक भएका ब्यक्तिहरु अंग्रेजि माध्यममा पढाई गर्न तराई तिर जाने प्रबृत्ति बदै गएकाले अंग्रेजि माध्यममा पढाई गर्ने निर्णय गरेको उनले बताए।
अभिभावक र वडाबासीहरुको चाहना अनुसार नै अंग्रेजी माध्यबाट पठनपाठन शुरु गरिएको उनको भनाइ रहेको छ। सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि अंग्रेजी माध्यमबाट पठन-पाठन शुरु गरिएको वडा अध्यक्ष भट्टको भनाई रहेको छ। वडा भित्रका सम्पूर्ण सामुदायिक बिद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठन-पाठन गराउँदा अभिभावक र बिद्यार्थीहरु पनि खुसी भएका उनले बताए।
साथै शिक्षकहरुलाई अंग्रेजि माध्यममा पठन-पाठन गराउनमा सहयोग पुर्याउने उदेश्यले वडाले तालिम पनि सञ्चालन गर्ने जनाईएको छ। हाल कक्षा ५ सम्म अंग्रेजि माध्यममा पठनपाठन गर्ने र आउदो शैक्षिक सत्रमा वडा स्तरिय परिक्षा समेत सञ्चालन गर्ने वडा अध्यक्ष भट्टले बताए।
बिगतका दिनहरुमा आफुपनि शिक्षक भएको नाताले शैक्षिक अवस्था सुधार गर्न वडाबाट र बिभिन्न निकायसगं समुन्वय गर्ने उनले बताए।