पञ्चेश्वरको दुई वडामा बजार अनुगमन, नियम बिपरित मदिरा बेच्ने पसल कार्वाहिमा

बैतडी-पञ्चेश्वर गाउपालिकाले बजार अनुगमन गरेको छ। मगंलबार गाउपालिकाको दुई वडामा बजार अनुगमन गरिएको हो। पञ्चेश्वर गाउपालिका–०३ कुलार र ४ आम्चोरामा बजार अनुगमन गरिएको हो।

अनुगमका क्रममा म्याद नाघेका समान र नियम बिपरित मदिरा बिक्रि बितरण गर्ने पाईएको गाउपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए। दुईटै वडामा म्याद नाघेका समान बेच्ने र नियम बिपरित मदिरा बिक्रि गर्ने पसललाई कार्वाहि गरिएको उनले बताए।

म्याद नाघेका समान बिक्रि बितरण गर्ने १२ पसलबाट समान बरामद गरिएको छ। वडा न ३ र ४ का १२ पसलबाट ५१ हजार १ सय ३० रुपैया बराबरको म्याद नाघेको समान बरामद गरिएको पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले बताए।

बिमल ट्रेडस, जेनिसा खुद्रा पसल, गणेश जनरल स्टोर, जगदिश खुद्रा पसल, देबताल जनरल स्टोर, तिचोरा खुद्रा पसल, भानु किराना पसल, दिप्प पसल, राम गंगा मेडिकल, मन्जु ट्रेडस एण्ड सप्लायर्स, नागार्जुनदेब भट्ट पसल, एलिसा होटल एण्ड लज पसलबाट म्याद नाघेका समान बरामद गरिएको गाउपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो। बरामद गरिएका समान भोलि कुलाउ बजारमा नष्ट गरिने जनाईएको छ।

यस्तै अनुगमनकै क्रममा नियम बिपरित मदिरा बिक्रि बितरण गर्ने ५ पसललाई ८२ हजार रुपैया जरिवाना गरि कार्वाहि गरिएको छ। पञ्चेश्वर गाउपालिका–०३ मडमा रहेको नेचुरल वाईन सेन्टरले मृतक ब्यक्तिको लाईसेन्स प्रयोग गरि मदिरा बिक्रि बितरण गरिरहेको पाईएकाले २० हजार रुपैया जरिवाना गरिएको छ। पञ्चेश्वर गाउपालिका–०३ कुलाउमा रहेको दिप्पु पसलले अर्कै ब्यक्तिको लाईसेन्स प्रयोग गरि मदिराको कारोबार तथा भेटेनरि औषधि बिक्रि बितरण गर्ने गरेको खुलेपछि २० हजार जरिवाना गरिएको गाउपालिकाले जनाएको छ।

अनुगमनकै क्रममा पञ्चेश्वर गाउपालिका–०३ कुलाउमा रहको रमेश मदिरा पसलले अर्कै ब्यक्तिको लाईसेन्स प्रयोग गरि मदिराको कारोबार गरेको पाईएकाले २० हजार जरिवाना, पञ्चेश्वर गाउपालिका–०४ आम्चोरामा रहेको भट्ट एण्ड चन्द वाईन सेन्टरले पालिकामा पसल दर्ता नगरेको पाईएकाले २ हजार र पञ्चेश्वर गाउपालिका–०४ आम्चोरामै रहेको ए आर जनरल स्टोर एण्ड खुद्रा पसलले अर्कै ब्यक्तिको लाईसेन्स प्रयोग गरि मदिराको कारोबार तथा खुद्रा समान बिक्रि बितरण गरेको पाईएकाले २० हजार रुपैया जरिवाना गरिएको जनाईएको छ।

कार्वाहिमा परेका मदिरा बिक्रि बितरण गर्ने पसललाई ७ दिनका लागि सिल गरिएको छ। शिल गरिएका पसल सञ्चालकहरुले गाउपालिकामा जरिवान तिरि आफ्नो ईजाजतपत्र बनाउनु पालिकाले अनुरोध गरेको छ।

अनुगमनमा गाउपालिका अध्यक्ष गोरख बहादुर चन्द, उपाध्यक्ष बिना भट्ट, प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, डिएसपि प्रेम बहादुर शाहि, सशस्त्रका डिएसपि गंगा दत्त पन्त, राष्ट्रिय अनुसन्धान विभाग बैतडी डिएसपी अर्चना सिन्हा, वडा अध्यक्ष, पालिका कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.