मेलौलीमा दलित लक्षित कार्यक्रम ल्याउन संबाद कार्यक्रम सम्पन्न

बैतडी-मेलौली नगरपालिकाको आगामि बजेटमा दलित लक्षित कार्यक्रम ल्याउन सञ्चालन गरएिको संबाद कार्यक्रम सम्पन्न भएको छ। कार्यपालिका सदस्य सुरेश परियारको अध्यक्षता र नगर उप-प्रमुख पार्वती बोहरा बिष्टको प्रमुख अथित्यमा संबाद कार्यक्रम सम्पन्न भएको हो।

संबाद कार्यक्रममा आगामि निति तथा कार्यक्रममा दलितका हक अधिकार सम्बन्धि प्रस्ताबहरु समाबेश गर्ने निर्णय गरिएको छ। मेलौली नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को महिला तथा बालबालिका बिकास शाखाबाट दलित लक्षित कार्यक्रम शिर्षकको कार्यक्रम सञ्चालन गर्न माग गर्दै संबाद कार्यक्रम गरिएको कार्यपालिका सदस्य बिजय पोखरेलले बताए।

दलितको अवस्था बिश्लेषण, दलित सम्बन्धि ऐन निर्माणमा सहजिकरण र दलित नेतृत्व बिकास जस्ता कार्य गर्ने गरि मेलौलीमा रहेका कृयाशिल सामुदायिक सिकाई केन्द्रबाट प्रस्ताब माग गर्ने निर्णय गरिएको जनाइएको छ। प्राप्त माग मध्ये उपयुक्त प्रस्ताब छनोट गरि सामुदायिक सिकाई केन्द्रसगं सम्झौता गरि कार्य सम्पादन गर्ने निर्णय समेत गरिएको कार्यपालिका सदस्य धरम सिह दयालले बताए।

संबाद कार्यक्रममा मेलौली नगरपालिका-०९ र ०४ का वडा अध्यक्ष, राष्ट्रिय भुमि अधिकार मञ्चका संयोजक नरिराम लुहार, राष्ट्रिय भुमि अधिकार मञ्चका प्रदेश अध्यक्ष महेश वड र सम्पूर्ण दलित जनप्रतिनिधि हरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.