बैतडी-मेलौलीमा आधारभुत तह (कक्षा ८) को ग्रेडबृद्धि परिक्षाको नतिजा सार्बजनीक भएको छ। बुधबार नगरपालिकाले एक सुचना जारी गर्दै नतिजा प्रकाशित भएको जानकारी दिएको हो।
बैसाख २७ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको नगरस्तरिय ग्रेडबृद्धि परिक्षाको नतिजा सार्बजनीक गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत सपना कार्किले जानकारी दिनुभयो। ग्रेडबृद्धि परिक्षामा सहभागि भएका १६२ परिक्षार्थीमध्ये १४५ जना सफल भएको उनले बताउनुभयो।
नतिजाको बिस्तृत बिवरण सम्बन्धित बिद्यालयहरुबाट प्राप्त गर्न सकिने जनाईएको छ। ग्रेडबृद्धि परिक्षामा सहभागि हुने परिक्षार्थीको ग्रेडसिट र कक्षा ९ मा भर्ना हुन योग्य परिक्षार्थीको मुल प्रमाणपत्र जेठ ५ गतेपछि सम्बन्धित बिद्यालय मार्फत उपलब्ध गराईने जनाईएको छ।
सार्बजनीक भएको नतिजा चित्त नबुझेमा पुनर्योगका लागि नगरपालिकामा नतिजा प्रकाशित भएको ३ दिनभित्र निबेदन दिन सकिने जनाइएको छ। सम्बन्धि बिद्यालयको सिफारिस सहित निबेदन दिन सकिने जनाईएको छ।




धेरै धेरै राम्रो काम ,दलित लक्षित कार्यक्रम ल्याउने प्रयास गर्नुभएको मा हार्दिक सम्मान छ।
यसैगरि किसान लक्षित कार्यक्रम हरुपनि ९ वार्ड कै लागि बनाउन सके अति उत्तम हुने थियाे।