बैतडी –बैतडीको मेलौली नगरपालिकामा स्वास्थ्यकर्मी हरुका लागी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।मेलौली नगरपालिकाका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समयमा स्वास्थ्य चौकीमा नाक,कान घाँटी तथा मुख बिरामी बढ्दो रहेकोले न्यूनीकरण गर्न र उक्त रोगहरू उपचार कसरी गर्ने सरसफाई सम्बन्धी जागरुकता सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताए ।
उक्त अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका डा.सन्जिन केसीले गरेका थिए । २० जना स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।