अत्तरिया -आज हुने भनिएको सुदूरपश्चिम प्रदेशको सरकार विस्तार भोलीलाई सारिएको छ । नाउपाले समय मागेपछि सरकारले आज पूर्णता पाउन नसकेको हो । भोली बिहान १० बजे शपथ ग्रहण गर्ने गरि सत्ता गठबन्धनको बैठक सकिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए ।
सत्ता गठबन्धनका दलहरू बिच मन्त्रालयका बिषयमा सहमति नभएपछि आज सरकार विस्तार हुन नसकेको हो ।
चार मन्त्रालय अहिले मन्त्री विहीन छन् । छलफलमा माओवादीले र नागरिक उन्मुक्तिले २(२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए । ।