बैतडीकाे नवदुर्गा आधारभूत विद्यालयका संस्थापककाे सम्झनामा खेलकुद कार्यक्रम

बैतडी – बैतडीमा विद्यालयका संस्थापककाे सम्झनामा खेलकुद कार्यक्रम गरिएकाे छ। जिल्लाकाे पाटन नगरपालिका -४ कुडी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयका संस्थापकको सम्झनामा खेलकुद कार्यक्रम गरिएको हाे।
विद्यालय स्थापना गर्नमा योगदान पुर्याएका सदस्यहरुले खेलकुदको आयोजना गरेका हुन् ।
विद्यालय स्थापना गर्नमा याेगदान पुर्याएकन साेहि ठाउँका कमल सिंह बिष्ट, धीर सिंह बिष्ट, शेर सिंह बिष्ट, रतन सिंह बिष्टकाे सम्झनामा खेलकुद गरिएकाे हाे ।
उनिहरुले विद्यालय स्थापना गरी साे क्षेत्रमा ठुलो गुन लगाएको स्मरण गर्दै उनका परिवारका सदस्यले खेलकुद कार्यक्रम गरिएकाे परिवारका सदस्य गाेविन्द विष्टले बताए ।
म्युजिकल चेयर, चकलेट दौड, तातो  आलु, इन आउट  लगायतका खेलहरु खेलाइएको उनले बताए ।
सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद खेलाईएकाे र खेलकुदमा सहभागी बिद्यार्थीहरुलाई मेडल , प्रमाणपत्र समेत हस्तान्तरण गरिएकाे विष्टले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम सिंह बिष्टको सभाध्यक्ष्तामा सम्पन्न उक्ति खेलकुद कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष दिपक सिंह बिष्ट प्रमुख अतिथि रहेका थिए ।

Leave A Reply

Your email address will not be published.