पुर्चौडीको तल्लादेहीमा अस्थायी प्रहरी चौकी स्थापना

बैतडी -बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेहिमा अस्थायी प्रहरी चौकी स्थापना हुने भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी प्रेम बहादुर शाहीको सभाध्यक्षतामा सम्पन्न अस्थायी प्रहरी चौकी उद्घाटन समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी रहनु भएको थियो ।

यसैगरी उद्घाटन समारोहमा नगर प्रमुख दीपक बहादुर बम, पुर्चौडीका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट, नेपाली सेनाको बैतडी स्थित हनुमानध्वज गुल्मका गुल्मपति मेजर प्रल्हाद थापा, सशस्त्र प्रहरी बल, नेपाल नं। ५१ गुल्म हेटक्वाटर बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक माधव जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय बैतडीका प्रमुख, अनुसन्धान अधिकृत अर्चना सिन्हा लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
शान्ति सुरक्षा कायमको लागि तल्लादेहिमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

Leave A Reply

Your email address will not be published.