बैतडी– डडेल्धुरामा शैक्षीक गुणस्तर सम्बन्धि तालीम सम्पन्न भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाले शैक्षीकसत्र २०८०÷०८१ लाई शैक्षीक गुणस्तर सुधार वर्षको रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सोही अवसरमा सो तालीम सम्पन्न गरिएका गाउँपालिकाले जनाएको छ ।
पालिकाभित्रका ३२ ओटा विद्यालयका प्रधानाध्यापक र गाउंपालिकाका अध्यक्ष हेम राज चटौत बीच ३४ वुंदे करार कार्य सम्पादन सम्झौता समेत गरिएको भागेश्वर गाउं पालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।
यस्तै दुई वटा प्राथमिक विद्यालय र ४ वटा बाल विकास केन्द्र अर्को विद्यालयमा समायोजन गरिएको छ । हाल सम्म १० वटा विद्यालयको अनुगमन गरी प्रशासकीय कार्य देखि सिकाई कक्षा अवलोकन गरी सिकाइ सम्वन्धी आईसीटी कक्षा, पुस्तकालय, कक्षा कोठाको व्यवस्थापन, जिन्सी निरीक्षण लगायतका शिक्षकहरुले प्रयोग गर्ने शैक्षिक योजना डायरीको प्रयोग सहितका कार्य अगाडी बढाइएको छ ।
विद्यार्थिले कति सिकाई उपलव्धि गरेको छरु भनेर विद्यार्थीहरुको सिकाई परीक्षण जस्ता कार्यहरुको अनुसन्धानमूलक खोज गरिएको जनाइएको छ ।
विद्यालयको दैनिक कार्य सञ्चालनको लागि २९ वटा विद्यालयका कर्मचारी सहयोगीलाई क्षमता अभिवृद्धि सहितको तालिम दिई प्रमुख प्रशासकीय अधिकृत संग १८ वुंदे करार कार्य सम्पादन सम्झौता गरिएको हो ।
यस्तै दिवा खाजालाई विद्यालयमा नै व्यवस्था मिलाउने कार्य गरि विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई प्रभावकारी शैक्षिक गुणस्तर अभिवृद्धि सम्वन्धि तालिम सञ्चालन गरिएको भागेश्वर गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।
उनीहरुसंग २१ वुंदे प्रतिवर्द्धता सहितको हस्ताक्षर गरी शैक्षिक गुणस्तर कायम गर्न अभियान सञ्चालन ल्याइएको भारतीले बताए ।