बैतडी– बैतडीको शिबनाथ गाउँपालीकामा ७ दिने सिन्के धुप बनाउने तालीम दिइएको छ ।
वडा नम्बर २ शर्मालीमा महिलाहरुका लागी ७ दिने सिन्के धुप बनाउने कार्यक्रम सम्पन्न भएको हो ।
लघू उद्दम विकास कार्यक्रम अन्तर्गत १४ जना महीलाहरुलाई सिन्के धुप बनाउने तालीम दिइएको हो।
शिबनाथ गाउँपालीका, लघु उद्दम विकासको आयोजनामा तथा वडा नं २ को पहलमा महिलाहरुलाइ सिप विकास तालीम दिइएको उद्यम विकास कार्यक्रमका पमुख भुपेन्द्र पाण्डेयले बताए।
महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यले तालिम प्रदान गरिएको उनले बताए । तालिममा महिलाहरुलाई धुप बनाउने विधि र तरिकाका बारेमा सिकाइएको प्रशिक्षक पार्वति बम चन्दले बताइन। स्थानीय ठाउँहरुमै पाइने कच्चापदार्थहरुबाट सिन्के धुप कसरि बनाउने र यसमा के के आवश्यक पर्छ लगायतबारे तालिममा सहभागिहरुलाई जानकारी गराइएको उनले बताइन ।
तालिम पाउँदा महिलाहरु पनि खुसि भएका छन । आफुहरुले धुप सम्बन्धित तालिम पाउँदा खुसि लागेको तालिममा सहभागि महिला अहिल्या साउँदले बताइन। कार्यक्रममा बोल्दै सहभागी महिलाहरुले आगामी दिनमा पनी सिन्के धुप बनाउने ब्यबसायलाइ अझै अगाडी बढाउदै लैजानेमा आफूहरु सक्रिय भएर लाग्ने बताएका हुन।
ब्यबसायलाइ सहज तरकिाले संंञ्चालन गर्नका लागी आफूहरुलाइ सिन्के धुप बनाउने मसिन उप्लब्ध गराइदिन तालिममा सहभागि महिलाहरुले माग समेत राखेका छन।
ब्यबसाय संञ्चालनका लागी आवश्यक सामान सहित मेसीन उप्लबध गराइने गाउँपालीकाले जनाएको छ।