गंगेश्वर मन्दिरमा लाग्ने सामुहिक यज्ञ तत्कालको लागि स्थगित

बैतडी-मेलौली नगरपालिका–०८ कोटिगाउमा रहेको गंगेश्वर देबताको मन्दिरमा लाग्ने भनिएको सामुहिक यज्ञ (शिब पुराण) तत्कालको लागि स्थगित भएको छ। तयारि पुरा नभएको र केहि अन्य कारणले तत्कालको लागि यज्ञ स्थगित भएको देबतामा मुखिया शम्भु सिह बिष्टले बताए।

आजभोली कामको चटारो भएकाले पनि यज्ञ स्थगित भएको गंगेश्वर मन्दिर क्षेत्र ब्यवस्थापन समितिले जनाएको छ। यज्ञ सञ्चालनको तयारि पुरा भएपछि एक सुचना निकाली सबैलाई जानकारी गराईने जनाईएको छ।

हिन्दु धर्मका आराध्यदेव शिवरुपी गंगेश्वर देबताको मन्दिरमा गत बिगत बर्षदेखि नै सामुहिक यज्ञ सञ्चालन गर्ने तयारि भएको हो। गत बिगतका बर्षमा बिभिन्न कारणले सञ्चालन नभएको यज्ञ यस बर्ष सञ्चालन हुने जनाईएको छ। आफ्नो क्षेत्रमा समाजिक सद्भाव, शान्ति स्थापना र पुण्य लाभका लागि सामुहिक यज्ञ सञ्चालन गरिन लागेको देबताका मुखिया बिष्टले बताए।

यज्ञ सञ्चालनको लागि आर्थिक संकलन अभियान भने जारी रहने बताईएको छ। धार्मिक आस्थावान श्रद्धालु माहानभावहरुलाई स्वःऐच्छिक रुपले आर्थिक सहयोग गरिदिन मन्दिर ब्यवस्थापन समितिले आग्रह गरेको छ। गंगेश्वर मन्दिर क्षेत्रका करियाहरुबाट प्रति परिवार एक हजार रुपैया भेटि स्वरुप सहयोग गरिदिन समेत आग्रह गरिएको छ। यो धार्मिक कार्यमा आर्थिक सहयोग गर्ने सहयोगि दाताहरुको अभिलेख तयार गर्ने र उत्कृष्ट सहयोगि दाताको शिलालेख निमार्ण गरिने बताईएको छ।

Leave A Reply

Your email address will not be published.