मेयर तथा उपमेयर कपकाे उपाधि भ्यालीलाई

बैतडी-बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले हात पारेकाे छ । शुक्रबार सम्पन्न फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै भ्यालीले उपाधि हात पारेकाे हो ।
जितका लागि पाईकाे १४४ रनको लक्ष्य भ्यालीले १७.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । जसमा धिरेन्द्र चन्दले ५५ र किरन चन्दले ४५ रनको योगदान गरे ।
त्यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर व्याटिङ गरेको हिमचुलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो । उसका कप्तान सन्नी बिष्टको ५२ रनको योगदान गरे । भ्यालीका किरन चन्दले २ विकेट लिए ।
किरन म्यान अफ द फाइनल पनि चुनिए ।
उपाधीसंगै भ्यालीले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा हिमचुलीले ९ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायाे ।
हिमचुलीका विकास बिष्ट म्यान अफ द सिरिज र हिमचुलीकै सन्नी बिष्ट उत्कृष्ट ब्याट्सम्यान चुनिए ।
यसैगरी भ्यालीका धिरेन्द्र चन्द उत्कृष्ट बलर र इमरजिङ प्लेयर हिमचुलीका स्वयम बिष्ट भए ।
जेठ १२ गतेदेखि सुरु भएको मेयर तथा उपमेयर क्रिकेट प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।
खेलाडीहरूलाई पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले पुरस्कार वितरण गरे । साथै रावलले खेलकुद क्षेत्र नगरपालिकाकाे प्राथमिकतामा रहेकाे जनाए।

Leave A Reply

Your email address will not be published.