राष्ट्रिय सभाको बैठक भोलिका लागि सर्यो
काठमाण्डौ-आज मङ्गलवार बस्ने तय भएको राष्ट्रिय सभाको बैठक भोलि बुधवारका लागि सरेको छ ।
आज बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ बजेर ११ मिनेटमा बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।
आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो। साथै अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची थियो।