बैतडी- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीले आयोजना गरेको गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रमबाट शिवनाथ गाउँपालिका वडा नम्बर १र २ का ८ सय ७२ जनाले सेवा लिएका छन । वडा नम्बर १ को तेर्छाबाटा भल्यामा आयोजना गरिएको कार्यक्रमबाट ५२५ जनाले र वडा न २ मा ३४७ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख हिकमत बहादुर चन्दले जानकारी दिनुभयो ।
कार्यालयको वार्षिक कार्यक्रम अनुसार धापमा गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम गरिएको उहाले बताउनुभयो । गाउँघर क्लिनिकबाट सेवाग्राहीलाई बातब्याधी, अम्लपित्त, उच्चरक्त चाप स्वासप्रस्वास, स्त्रीरोग लगायत नसर्ने रोगहरुको चेकजाँच गरिएको तथा औषधि वितरण गरेको उहाले बताउनुभयो । यो कार्यक्रम वडा न १ मा प्रत्येक महिनाको २५ गते तेर्छाबाटा भल्य र वडा न २ मा प्रत्येक महिनाको १० गते वडा कार्यालय भवनमा चल्ने कार्यालयले जनाएको छ ।
