भीमको उत्कृष्ट प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ।

जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो। जसमा भीम सार्कीले अविजित ७७ रनको योगदान गरे। त्यसक्रममा उनले आफ्नो ओडिआई करिअरकै तेस्रो अर्धशतक पनि पुरा गरे। टोलीको स्कोर २५ रन हुँदा पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएपछि भीम ब्याटिङ गर्न आएका थिए । त्यसपछि उनले अविजित ७७ रनको विजयी पारी खेले।

यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ३९, जोडे। भीम र दीपेन्द्रबीच अविजित ७४ रनको साझेदारी भयो। यसका साथै कुशल मल्लले ३९ रन बनाए। त्यसअघि जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो।

अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेल्दै १ सय रनमा अविजित रहे। नेपालका लागि करण केसीले ४,गुल्शन झाले ३, दीपेन्द्रसिंह ऐरीले २,ललित राजवंशीले १ विकेट हात पारे। नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो। यो जितसंगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनेको छ।

Leave A Reply

Your email address will not be published.