भागेश्वर गाउँपालिकाले ल्यायो ४० करोड १८ लाखको बजेट

बैतडी – डडेल्धुराको भागेश्वर गाउँपालिकाकाले ४० करोड बढीको बजेट ल्याएको छ। पालिका उपाध्यक्ष पुष्पा ठकुराठीले आइतबार गाउँसभाको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४० करोड १८ लाख ८३ हजारको बजेट प्रस्तुत गरेकी हुन्।

यही असार ७ गते नीति तथा कार्यक्रम ल्याएको भागेश्वरले आइतबार बजेट प्रस्तुत गरी पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए।

उनले पूर्वाधार विकास र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताए। भागेश्वरले पनि एक करोड बजेट यसपालि घटाएर ल्याएको छ। गाउँपालिकाले चालु आवमा ४१ करोड २८ लाख २२ हजारको बजेट ल्याएको थियो।

Leave A Reply

Your email address will not be published.