जनता आवास कार्यक्रमको निर्माण समिति गठन गर्न मेलौली नगरपालिकाको अनुरोध

बैतडी-जनता आवास कार्यक्रमको निर्माण समिति गठन गर्न मेलौली नगरपालिकाको अनुरोध गरेको छ। मंगलबार एक सुचना जारी गर्दै नगरपालिकाले अनुरोध गरेको हो।

शहरी बिकास तथा भवन कार्यालय बैतडीको प्राप्त पत्र अनुसार जनता आवास कार्यक्रमको निर्माण समिति गठन गर्न भनिएको हो। जनता आवास कार्यक्रममा मेलौली नगरपालिका अन्र्तगत छनौट भएकाहरुले निर्माण समिति गठन गरी यहि असार २१ गते पालिकालाई बिवरण बुझाउन अनुरोध गरिएको छ।

जनता आवास कार्यक्रमका अन्र्तगत मेलौली नगरपालिका भरी १८ घर छनौट भएका छन। वडा नम्बर–०१ मा ३, ०२ मा ४, ०३ मा १, ०४ मा १, ०५ मा २, ०६ मा १, ०७ मा ४, ०८ मा १ र ०९ मा १ घर छनौट भएका छन।

जनता आवास कार्यक्रमका अन्र्तगत पालिकाभरी छनौट भएका घर।

Leave A Reply

Your email address will not be published.