साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड

नेपालले साफ च्याम्पियनसिप फुटबलमा ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ। साफ च्याम्पियनसिपको गएराति भएको समापन समारोहमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड प्रदान गरिएको हो।

साविक उपविजेता नेपाल यो प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो। नेपाल समूह चरणमा कुवेतसँग ३–१ र भारतसँग २–० गोलले पराजित भएको थियो।

समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो। आमन्त्रित टोली कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्री साफ च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका छन्। उनी १४ औँ संस्करणको साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा सुनिलले ५ गोल गरेका थिए।

Leave A Reply

Your email address will not be published.