मेलौली बस दुर्घटनाः उद्धार कार्यमा देखिएको मानवीयता

बैतडी-मेलौलीमा भएको बस दुर्घटनामा परि घाईते भएकाहरुको उद्धार कार्यमा खटिएकाहरुको भुमिका निकै सह्रायिन थियो। बस दुर्घटना भएको खबर फैलिना साथ नेपाल प्रहरी, स्थानिय, स्वास्थ्यक्रमि, पत्रकार, गाडी चालक र एम्बुलेन्स चालकहरु घटनास्थल पुगेका थिए।

घटनास्थल पुगेका सबैको आखामा आँसु रसाएको देखिन्थ्यो। घटनास्थलको चारैतिर मान्छेहरुको कोलहल मात्र सुनिथ्यो। उद्धारको लागि घटनास्थल पुगेका गाडी चालक र एम्बुलेन्स चालकहरुले कसैसगं पनि पैसाको बार्गेनिङ नगरिकन धमाधम आफ्नो गाडीमा घाईतेहरुलाई मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याईरहेका थिए।

स्थानियहरु र नेपाल प्रहरी लगायत घटनास्थलमा भएकाहरुले बसबाट घाईतेहरु निकाली सडकसम्म पुर्याउने काम गरिरहेका थिए। घटनास्थलमा अपस्थित भएकाहरु कुनै न कुनै माध्यमबाट घाईतेको उद्धारमा सहजिकरण गरिरहेका थिए।

संयोग पनि कस्तो!आजै मेलौली नगरपालिका भरिक स्वास्थ्य सस्थांका प्रमुखहरुको बैठक पालिकाको स्वास्थ्य शाखामा सञ्चालन भईरहेको थियो। एक्कासि मेलौलीमा बस दुर्घटना भएको खबर पाउना साथ सबै स्वास्थ्य संस्थाका प्रमुखहरु केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुगि उपचारमा सघाउन थाले। मेलौलीमा सञ्चालनमा रहेको निजि मेडिकल सञ्चालक स्वास्थ्यक्रमिहरु पनि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगि घाईतेहरुको उपचारमा सहयोग गर्न थाले।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र घाईतेले भरिभराउ भईसकेको थियो। गम्भीर अवस्थाका घाईतेहरुलाई डडेलधुरा रेफर गर्ने कार्य पनि सगसगै चरिरहेको थियो। घाईतेहरुका आफन्तहरु र स्थानियहरुले घटनास्थल र केशरपुर स्वास्थ्य केन्द्र भरिएको थियो। यता मेलौलीका युवाहरु खानेपानिका बोतलहरु लिएर स्वास्थ्य केन्द्रमा पानि बाडिरहेका थिए। घाईतेहरुको नाम र ठेगाना सोधि सम्बन्धि आफन्तहरुलाइ खबर गरिरहेका थिए।

घटना घटेको थाहा पाउने बित्तिकै मेलौली नगरपालिका नगर–प्रमुख, उप–प्रमुख, बिभिन्न शाखाका कर्मचारी, वडा अध्यक्षहरु, शिबानथा गाउँपालिका, पञ्चेश्वर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरु पनि घटनास्थल र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुगि घाईतेको उपचारको लागि बिभिन्न तवरले सहजिकरण गरिरहनु भएको थियो।

घटना घटिसकेपछि एउटा मानव भएर गर्नुपर्ने कर्तब्य सबैले गरिरहेका थिए। जुन साह्रै सह्रायिन थियो। जसको प्रशंसा गर्नै पर्ने हुन्छ।

पञ्चेश्वरबाट महेन्द्रनगर जादैं गरेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस मेलौली नगरपालिका–०७ स्वाखानीमा दिउसो १ बजे दुर्घटना भएको थियो। बसको ब्रेक फेल भएर दुर्घटना भएको जनाईएको छ।

बस दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ४४ जना सवार रहेको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। ज्यान गुमाउनेमा पञ्चेश्वर गाउँपालिका–०६ रन्तोलीका ३६ वर्षीय उमेश भण्डारी रहेका छन। दुर्घटनामा परेका भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो।

दुर्घटनामा परि घाईते भएका ३५ जनाको नाम प्रहरीले सार्बजनीक गरेको छ। ५ जनालाई घटनास्थलबाटै रेफर गरिएकाले परिचय खुल्न समय लाग्ने जनाईएको छ।

घाईतेहरुमा बस चालक देब भण्डारी ३५ बर्षिय, मेलौली नगरपालिका–०७ का माहामल दयाल, बिमला दमाई, १८ बर्षिया पुजा साउद शिबनाथ गाउँपालिका–०४, क्रिस भण्डारी दोधराचादनी, पार्वती भण्डारी, २७ बर्षिय केशब राम लुहार पञ्चेश्वर गाउँपालिका–०२, १३ बर्षिया दिपिका भट्ट, २५ बर्षिय मञ्जु पार्कि मेलौली नगरपालिका–०७, २५ बर्षिया कृष्ण साहि पञ्चेश्वर गाउँपालिका ३, २१ बर्षिया मिना चन्द शिबनाथ गाउँपालिका ५, ५५ बर्षिया कमला चन्द मेलौली नगरपालिका–०९ रोकटा, १८ बर्षिया कल्पना चन्द मेलौली नगरपालिका–०९ रोकटा, ३५ बर्षिया बिनोद दमाई मेलौली नगरपालिका–०७, ९ बर्षिया दिया चन्द पञ्चेश्वर गाउँपालिका–०३, ३५ बर्षिया सिता चन्द पञ्चेश्वर गाउँपालिका–०३, १५ बर्षिया रेशमा चन्द पञ्चेश्वर गाउँपालिका–०३, ७ बर्षिया दिपेश चन्द पञ्चेश्वर गाउपालिका–०३, ४५ बर्षिया सुरत बहादुर चन्द पञ्चेश्वर गाउँपालिका–०३, ५२ बर्षिया कालु राम कोली शिबनाथ गाउँपालिका–०४, ५० बर्षिया परु कोली शिबनाथ गाउँपालिका–०४, २६ बर्षिया बिर्पल धनाडी शिबनाथ गाउँपालिका–०५, १३ बर्षिया प्रकाश कार्कि शिबनाथ गाउँपालिका–०५, १८ बर्षिया सगिता चन्द पञ्चेश्वर गाउँपालिका–०३, ४३ बर्षिया सुरत चन्द पञ्चेश्वर गाउँपालिका–०३, ५० बर्षिया उसा दमाई मेलौली नगरपालिका–०७, १७ बर्षिया निसा भट्ट महेन्द्रनगर, ७५ बर्षिया सेतु चन्द पञ्चेश्वर गाउँपालिका, १५ बर्षिया बिपिन भट्ट महेन्द्रनगर, ४० बर्षिया भरत साउद शिबनाथ गाउँपालिका–०१, ३७ बर्षिया खडक चन्द पञ्चेश्वर गाउँपालिका–०३, २० बर्षिया लक्ष्मी चन्द, कृष्ण सुतार शिबनाथ गाउपालिका–०५, २४ बर्षिया शोबधरा धनाडी शिबनाथ गाउँपालिका–०५, ९ महिने आशिष धनाडी शिबनाथ गाउँपालिका–०५, ३५ बर्षिया केशब सिह ठगुन्ना पाटन नगरपालिका ५ निबासि रहेको प्रहरीले जनाएको छ।

अधिकांश घाईतेहरुलाई डडेल्धुरा अस्पताल रेफल गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मेलौलीमा भएको यो दुर्घटना घाईते ब्यक्ति अनुसार अहिले सम्मकै ठुलो दुर्घटना हो। यो घटना घटेपछि बैतडीको तल्लो स्वराडका नागरिकहरु शोकमा डुबेका छन। घाईतेहरु अधिकांश गम्भीर अवस्थामा रहेका छन।

दुर्घटनामा अधिकांश मेलौली नगरपालिका, शिबनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरु रहेका छन। बैतडीको तल्लो स्वराड क्षेत्रका अधिकांश सडकहरुको अवस्था नाजुक रहेको छ। कहिले हिलाम्य र कहिले धुलाम्य हुदा यहाका नागरिकहरु जहिल्यै पनि सास्ती खेप्दै आएका छन।

सरकारले बर्षौ पिच्छे यहाका सडको अवस्था सुधार गर्न बजेट बिनियोजन गरेको भएपनि खासै सुधार हुन सकेको छैन।

1 Comment
  1. Shankar Saud says

    मिर्त को नि नाम देखे घाइते को नि नाम देखे तर मैले मेरो बुबा को नाम हेर्न सकेन कस्तो गल्ती भएको हो सामाचार मा

Leave A Reply

Your email address will not be published.