सर्पको डसाइबाट डोटीमा वृद्धाको ज्यान गयो

डोटी – डोटीको केआईसिंह गाउँपालिका–४ मा सर्पको डसाइबाट एक जनाको ज्यान गएको छ । सर्पको डसाइबाट ७२ वर्षीया निरन्जनादेवी भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० युवराज भण्डारीले जानकारी दिनुभयो ।

छोरीसँग फोनमा कुरा गरिरहेका बेला भट्टलाई घरको आँगनमै सर्पले डसेको थियो । भट्टलाई उपचारका लागि दिपायलमा रहेको शैलेश्वरी अस्पताल लगिएकोमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.