बैतडी- जिल्ला हुलाक कार्यालय बैतडीले हुलाक बचत बैंकका खाताहरु राष्ट्रीय वाणिज्य बैंकलाई हस्तान्तरण गरेको छ ।
नेपाल सरकार मन्त्री परिषदले १२ असारमा गरेको निर्णय अनुसार जिल्ला हुलाक कार्यालय बैतडीमा रहेका १हजार ३१ खाताहरु बिहिबार हस्तान्तरण गरिएको हो ।
अव उप्रान्त हुलाक बचत बैंकमा रहेका बचतकर्ताहरुले राष्ट्रीय वाणिज्य बैंक बैतडीमा सम्पर्क गर्नुपर्ने जिल्ला हुलाक कार्यालयका प्रमुख टिकासिंह रावलले बताए । देशभरका सबै हुलाक कार्यालयहरुले खाता हस्तान्तरण गरिरहेको उनले बताए ।