धनगढी– करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडागाउँ बस्ने ४८ वर्षीया सावित्री जोशीको करेन्ट लागेर आइतवार बिहान मृत्यु भएको हो ।
आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।