बैतडी । मेलौलीमा नेकपा माओबादी केन्द्रको वडा कमिटी बैठक सम्पन्न भएको छ। मेलौली नगरपालिका-०६ मा नेकपा माओबादी केन्द्रको वडा कमिटी बैठक सम्पन्न भएको माओबादी केन्द्र मेलौली नगर कमिटी सचिब खेमराज भट्ट (अग्रीम)ले बताए।
बैठकबाट राजनितिक र समाजिक तवरले देश र पाटिको लागि योगदान गर्नेलाई सम्मान गरिएको छ। यसैगरी बैठकको अवशरमा बृक्षरोपण समेत गरिएको जनाईएको छ। पोखरि, हतरङ्गा, गाजरी, हडेली, सार्बजनिक स्थल, मन्दिर, बिद्यालय, सडक किनारा, बाढी पहिरो जोखिम क्षेत्रमा ३० ओटा ओखर, दालचिनि र केहि फलफुलका बिरुवा रोपिएको जनाईएको छ।
बैठकमा नेकपा माओबादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी स्वर्गीय सीता दाहालको स्मरणमा श्रद्धाञ्जली अर्पण गरिएको नेकपा माओबादी मेलौली नगर कमिटी अध्यक्ष पदम दयाल (कमल)ले बताए। अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म प्रचण्ड पत्नी स्वर्गीय दाहालले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान रहेको समेत नगर कमिटी अध्यक्ष दयालले बताए।
बैठक नेकपा माओबादी केन्द्र वडा कमिटी अध्यक्ष जयदत्त भट्टको अध्यक्षतामा सञ्चालन गरिएको हो।