मेलौली नगरपालिका–०७ ले शनिबार सार्बजनीक सुनुवाई गर्दै

बैतडी । मेलौली नगरपालिका-०७ ले शनिबार सार्बजनीक सुनुवाई गर्ने भएको छ। वडा कार्यालयले एक सुचना जारी गर्दै साउन ६ गते शनिबार सार्बजनीक सुनुवाई हुने जानकारी दिएको छ।

आर्थिक बर्ष २०७९/०८० मा वडा कार्यालयबाट कार्यान्वयन भएका योजना, कार्यक्रम तथा सेवा प्रभाव सम्बन्धि सल्लाह सुझावको सार्बजनीक सुनुवाई हुने वडा अध्यक्ष रामचन्द्र भट्टले बताए। सार्बजनीक सुनुवाई कार्यक्रममा सम्बन्धित सबैले वडा कार्यालयमा उपस्थित भईदिन आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.