रास्वपा मेलौलीद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न

बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी मेलौली नगर कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम गरेको छ। विहिबार मेलौली नगरपालिका–०७ स्थित मणिलेक मावि काँडा, मणिलेक बहुमुखी क्याम्पस र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको परिसरमा वृक्षारोपण गरिएको रास्वपा नगर कमिटी सभापति अर्जुनदेव भट्टले बताए।

वातावरण हरियो, स्वच्छ र सुन्दरमय बनाउने उद्देश्यले वृक्षारोपण गरिएको उनले बताए। फलफुल लगायत बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको हो। आगामी दिनमा पनि अन्य स्थानमा थप विरुवा रोपिने उनले बताए।

वातावरण एवं पर्यावरण संरक्षण गर्नु हामी सबैको दायित्व रहेको र रोपिएका बोट बिरुवाहरूको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.