बैतडी । बिगत ७/८ बषैदेखि दुबै मृगौला गुमाई उपचारमा रहेकि मेलौली नगरपालिका–०२ सलेनाकि लक्ष्मी भट्टलाई भेटन नेपालि कांग्रेसका नेता रमेश लेखक अस्पतालमा पुग्नु भएको छ। नेता लेखक भट्टलाई भेटन बिर अस्पताल कठमाण्डौ पुग्नु भएको हो।
घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा निकै समस्या भएका बेला नेता लेखकले भट्टको डायलासिस निशुल्क गरिदिन र उपचारमा कुनै लापरबाहि नगर्न आग्रह गर्नु भएको छ। नेता लेखकले चालिदिएको यो पहलले बिरामिको उपचारमा सहज निकै सहज हुने परिवारले अपेक्षा गरेका छन।
लामो समयसम्मको उपचारले धेरै रुपैया खर्च भईसकेको परिवारले जनाएको छ। भट्टको उपचारको लागि अहिले सामाजिक सञ्जाल मार्फत आर्थिक संकलन अभियान थालिएको छ। भएभरको रुपैया उपचारमा सकिए पश्चात सहयोगि मनहरुलाई आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ। घरको आर्थिक अवस्था निकै कमजोर भईसकेकाले आर्थिक सहयोगको याचना गर्नु परेको परिवारिक स्रोतले जनाएको छ।
४० वर्षको लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै आमाले दुबै मृगौला गुमाउदा निकै समस्या भएको छोराले दुःख ब्यक्त गरे। थोपा–थोपा मिलि समुन्द्र बन्छ भने जस्तैं स–सानो सहयोगले ठुलो काम गर्न सकिने भन्दै आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ।
आर्थिक संकलन अभियान मार्फत हालसम्म १ लाख ३५ हजार संकलन भईसकेको अभियानकर्ता महेश दत्त भट्टले बताए। अझै पनि सहयोगि हातहरु थपिदै गईरहनु भएको उनले बताए।