रास्वपा मेलौलीद्धारा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई नमुना डस्टबिन

बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेलौली नगर कमिटीले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीलाई नमुना डस्टबिन हस्तान्तरण गरेको छ। बिहीबार स्वास्थ्य केन्द्रका ईन्चार्ज सञ्जिन केसीलाई रास्वपा मेलौलीले नमुना डस्टबिन हस्तान्तरण गरेको हो।

बातावरण स्वस्थ राखि प्रदुशण मुक्त बनाउन नमुना डस्टबिन हस्तान्तरण गरिएको रास्वपा नगर कमिटी सभापति अर्जुनदत्त भट्टले बताए। कुहिने र नकुहिने फोहर अलग-अलग राख्ने नमुना डस्टबिन हस्तान्तरण गरिएको उनले बताए।

अस्पतालमा हुने फोहरलाई ब्यवस्थापन गर्न रास्वपाले गरेको कार्य निकै राम्रो रहेको स्वास्थ्य केन्द्रले जनाएको छ। स्वास्थ्य केन्द्रलाई नमुना डस्टबिन उपलब्ध गराएकोमा रास्वपा मेलौलीलार्ई धन्यबाद ज्ञापन गरिएको छ।

मेलौलीमा रास्वपाको कमिटी गठन भएसगै बिभिन्न समाजिक कार्य गर्दै आएको छ। आजै रास्वपाको पहलमा मेलौली नगरपालिका-०७ स्थित मणिलेक मावि काँडा, मणिलेक बहुमुखी क्याम्पस र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको परिसरमा वृक्षारोपण गरिएको थियो।

Leave A Reply

Your email address will not be published.