मौलिक ऐतिहासिक देउडा गित साल्ली “भग्गालिङग” सार्बजनीक

बैतडी । सुदूरपश्चिमको मौलिक ऐतिहासिक देउडा गित साल्लि “भग्गालिङग” सार्बजनीक भएको छ। चर्चित गायक गोपाल दयालको युटुब च्यानलबाट भिडियो सहित गित सार्बजनीक भएको छ।

राष्ट्रिय प्रजातन्त्र पाटि (राप्रपा) का केन्द्रिय सदस्य समाजसेवी गणेश चन्दको प्रस्तुतीमा १६ जना कलाकारको आवाजमा गित भिडियो सहित सार्बजनीक भएको छ। गितमा चर्चित कलाकार राजु परियार, लोकेन्द्र बहादुर चन्द (एल बि), गोपाल दयाल, धिरज चन्द, केशब चन्द, दशरथ मंगोला, पिके महता, बलदेब दयाल, ठकुरी तेजा र निर्मल साउदको आवाज रहेको छ।

यसैगरी गायिका तर्फ करुणा दयाल, निरु देउवा, भावना चन्द, पार्वती बम, लक्ष्मी बोहरा र कपुर पन्तको पनि आवाज रहेको छ। सुदूरपश्चिमका बिभिन्न मेला पर्बहरुमा देउडा खेल्दा प्रयोग हुने भाकामा तयार पारिएको गितको शब्द सुरत नेगीले चयन गर्नु भएको गायक गोपाल दयालले बताए।

गितमा समाबेश गरिएको भग्गालिङगका शब्द गणेश दयालको रहेका छन। म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा गोपाल दयालले रेकर्ड गरेको गितको एरेन्ज नारायण दंगालले गरेका हुन भने मनोज परियारले मिक्सीङ गरेका छन।

धिताल फिल्मस् प्रा.लिमा रोशन धितालले सम्पादन गरेको भिडियोको निर्देशन मिलन श्रोष्ठले गरेका छन। बिशाल गोेम्जाले खिचिको भिडियोमा ठकुरी तेजा र करुणा दयालको सुन्दर अभिनय रहेको छ।

सुदूरपश्चिको मौलिक भषाको जर्गेना गर्ने उदेश्यले गित तथा भिडियोलाई तयार पारिएको गायक दयालले बताए। गितलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन पनि उनले आग्रह गरेको छ।

भिडियो हेर्न तलको लिकंमा क्लीक गर्नुहोला ।

1 Comment
  1. Arjun Singh says

    Very nice song sir

Leave A Reply

Your email address will not be published.